आजका पत्रपत्रिकाः ओली र दाहालविचको खटपट, एक गाग्रो पानीका लागि १ सय रुपैंयासम्म

 

जेठ १८, काठमाडौं । आज जेठ १८ गते शनिबार प्रायः राजधानीबाट निस्कने पत्रपत्रिकाहरुले विशेष अंक प्रकाशित गर्ने गर्दछन् । कान्तिपुरको शनिबारको कान्तिपुर भनेर साहित्य, पर्यटन, मनोरञ्जनका विषयलाई प्राथमिकता दिएको छ । 

आज कान्तिपुर दैनिकले प्रथम पृष्ठमा केहि दिन यता नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सह–अध्यक्ष पुष्पकमल दाहाल विच देखिएको असन्तुष्टिलाई प्राथमिकताका साथ स्थान दिएको छ । कान्तिपुरले तत्कालिन नेकपा एमाले र एनेकपा माओवादीविचको एकतामा सत्ता सञ्चालनमा ओली र दाहाल विच भएको लिखित सम्झौता बाहिर आउँदा देखिएको असन्तुष्टिलाई चिर्न खोजेको छ । 

null

कान्तिपुर दैनिकमा शुरेशराज न्यौपानेले नयाँ दिल्ली डेटलाइनमा लेख्छन् ।प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैँ देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । 

शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो । 

‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले ‘यो कुनै गोप्य दस्तावेज होइन’ भने । 

‘उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो,’ उनले भने । अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकीकरण क्रममा आलोपालो सरकार चलाउने सहमति भएको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।यस्तै आजको कान्तिपुरमा लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको समाचारले पनि प्राथमिकता पाएको छ । प्रदेश २ ले लोकसेवाले थालेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ । आयोगले बुधबार देशैभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा भर्ना खोलेको छ । 

प्रदेश २ ले वैशाख पहिलो साता आयोगलाई पत्र लेखी प्रदेशभित्रका रित्त कर्मचारी भर्नाको अधिकार आफैँसँग रहेको भन्दै नयाँ भर्ना नगर्न आग्रह गरेको थियो । ख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग नबनेको बहाना देखाएर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाए । कान्तिपुर लेख्छ ।  

राजधानी दैनिकले यस वर्षको बजेटमा रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको विषय उठाएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । 

चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । 

आर्थिक वर्ष २०७६/७७ को बजेट गत बुधबार संसद्मा पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखी बजेट छुट्याएका हुन् । आगामी आर्थिक वर्षका लागि छुट्याइएको सो बजेट रेलमार्गको बजेट अधिलगायतको काममा खर्च हुने बजेटमा उल्लेख गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा कमला अर्याल लेख्छिन् ।  

समाचारपत्र दैनिकले राजधानीमा गुड्ने पुराना सवारी साधनले निकाल्ने प्रदुषण तथा धुलोधुँवाका कारण मानव स्वास्थ्यमा पारेको प्रतिकूल असरको समाचार प्रकाशित गरेको छ । काठमाडौँका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् । 

ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि ६० सवारीसाधनलाई सडकमा परीक्षण गर्दा सो तथ्य फेला परेको हो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकालाई धुलोमुक्त बनाउन पैदल मार्गलाई व्यवस्थित गरिने, निर्माण सामग्रीको ढुवानी गर्दा सुरक्षित विधि अपनाइने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने तथा काठमाडौँ उपत्यकाभित्र सडक निर्माण गर्दा अनिवार्य रुपमा फुटपाथ निर्माण गर्ने व्यवस्था मिलाइने कुरामा जोड दिएका छन् । आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् । 

नागरिक दैनिकमा हेटौंडाको अचम्म लाग्दो समाचार प्रकाशित गरेको छ । हेटौडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो । 

घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी पर्यो । सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजीसमेत गरेका थिए । 

जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाल घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए । सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए । 

नयाँ पत्रिका दैनिकले सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकारको समाचारलाई प्राथमिकतामा राखेको छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजार चलाउँछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *