प्रचण्ड र इश्वर पोख्रेल विराटनगर जाँदै

कातिक ४, विराटनगर ।  नेपाल कम्युनिष्ट पार्टी मोरङले आयोजना गरेको दशै, तिहार, छठ लगायतका चाडको अवसरमा  शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इश्वर पोख्रेल विराटनगर जाने भएका छन् ।   

आगामि कार्तिक ८ गने शुक्रबार विराटनगरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि ‘प्रचण्ड’ र स्कुल विभाग प्रमुख  तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने नेकपा मोरङ अध्यक्ष  ऋषिकेश पोखरेलले जानकारी दिए ।   

पार्टी एकता प्रकृयाका कारण  लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकाले शुभकामना आदानप्रदानको सन्दर्भमा राजनितिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरङको तयारी छ । 

null

चीनका राष्ट्रपति सी चिनफिङकोको नेपाल भ्रमणपछि देखापरेको राष्ट्रिय अन्तराष्ट्रिय राजनितिक परिवेशमा आएका फेरबदललगायतका विषयमा नेताहरुले प्रशिक्षण दिने बताइएको छ ।   

पार्टी एकतापछि तल्लो तहसम्म विचारमा एकरुपता कायम गर्न जरुरी रहेकाले कार्यक्रममा वार्ड कमिटी देखिमाथि जिल्लामा रहेका प्रदेश कमिटीसम्मका नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । 

शुभकामना आदनप्रदान कार्यक्रममा न्युनतम पाँच हजार कार्यकर्ताहरु सहभागिता गराउने तयारी रहेको बताइएको छ । कार्यक्रमलाई भव्य बनाउन पार्टी कमिटी, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, युवा विद्यार्थी सबैलाई आवश्यक भूमीकासहित परिचालन गर्ने पार्टीका मोरङ जिल्ला सहइन्चार्ज गोपी अछामीले बताए ।   

प्रशिक्षणसहितको शुभकामना आदनप्रदान कार्यक्रमको व्यवस्थापक जिल्ला पार्टीले गर्ने छ भने परिचालन बाबुराम कार्कीको संयोजकत्वमा गठित समितिले गर्ने छ । सबै क्षेत्रबीच पार्टी सचिव गणेश उप्रेती सुशिलको संयोजकत्वको कार्यालय टिमले सूचना प्रवाह र निमन्त्रणा गर्ने बताइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *