राेकिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय त्रिकेट रंगशालाको काम सुरु

 

साउन ७, चितवन । गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण काम पुन सुचारु भएको छ । स्थानीय एक समुहले डोजर चलाएर रंगशालाका लागि बेरिएको बार भत्काएपछि काम रोकिएको थियो । 

काम रोकिएको करिव २ महिनापछि धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको काम पुन सुचारु गरेको हो । 

null

फाउण्डेसनका अधयक्ष सिताराम कट्टेलले सांसद विजय सुवेदीको उपस्थितिमा पुन काम सुरु गरेका हुन् । 

स्थानीयको एक समूहले गत जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको कमाण्डमा एक टोली नै खटाएको थियो । 

करिब २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा ३ अर्बको लगानी गर्ने गरि धुर्मुस सुन्तली फाउण्डेसनले रंगशालाको काम सुरु गरेको हो । 

जनस्तरबाट सहयोग संकलन जुटाउँदै रंगशाला निर्माण गर्ने योजना रहेपनि प्रदेश ३ सरकारले ५ करोड, भरतपुर महानगरपालिकाले साढे ५ करोड रुपैया सहयोग गर्ने जनाएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधी सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले जिल्ला आएका बेला पनि पटक पटक सरकारले पनि सहयोग गर्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *