काठमाडौं महानगरमा चोरी बढ्दो, एक पक्राउ अन्यको खोजीजारी
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक गुम्वु छिरिङ तामाङको घरमा डेरा गरी बस्ने विवेक चौलागाई र घरधनीका छोरा विकास तामाङको कोठामा शुक्रबार कोही नभएको अवस्थामा चोरी गर्ने उद्देश्यले गएका काठमाडौं–२६ नयाँ बसपार्क बस्ने सुनसरी भानुचोकका २४ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले कोठा फोडी भाग्दै गरेको अवस्थामा स्थानियवासीले फेला पारी महानगरीय प्रहरी वृत्त बालाजुमा खवर गरेपछि खटी गएको प्रहरीले सुनको टप १ जोर, सुनको रिङ १ थान, सुनको औंठी २ थान गरी जम्मा २ तोला सुन सहित उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–५ भत्केको पुलस्थित केशलक्ष्मी प्रजापतीको घरमा होटल व्यवसाय गरी बस्ने रामेछापका मानबहादुर दर्लामीको कोठाको ताला फोडेर दराजमा रहेको नगद ६ लाख रुपैयाँ शुक्रबार चोरी भएको छ । चोरहरुको खोजी कार्य भइरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।