अनाथ बालबालिकालार्इ शैक्षिक सामाग्री एवं खाद्य सामाग्री प्रदान

काठमाडौं, ९ साउन । एनआईसी एशिया बैंक लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी स्थित अनाथ बालबाटिका संघमा आश्रित विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ ।

आफ्नो सेवाको १९ बर्ष पार गरी २० आैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बैकले यो सहयोग गरेकाे हो । साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई ध्यानमा राख्दै थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  जसमा करीब १५० जना रक्तदाताले रक्तदान गरेका थिए ।

बैंकले हालै मात्र देशभरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८,००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो, वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्नेे विश्वास पनि बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *