चिनियाँहरु अझै पनि किनिरहेछन् पाकिस्तानी युवती !

फागुन ३०, काठमाडौं । चिनियाँ मानिसहरु अझै पनि बिचौलियामार्फत् पाकिस्तानी परिवारसँग सम्पर्क गरिरहेका छन् ।  

पछिल्लो वर्ष जब चीनका पुरुष पाकिस्तानका ईसाई युवतीहरुसँग विवाह गरिरहेका भन्ने खबर सार्वजनिक भयाे तब निकै हलचल मच्चिएको थियो । पाकिस्तानका अधिकारीहरु तुरुन्त कारवाहीमा जुटेका थिए । 

उनीहरुले ती गतिविधिविरुद्ध कारवाही गर्दै करिब ५० मानिसलाई पक्राउ गरेका थिए । तर पाकिस्तानी सरकारले कारबाही गरेको एक बर्षपछि चीनका पुरूषहरूले अझै पनि पाकिस्तानका ईसाई केटीहरूसँग विवाह गरिरहेका छन् । यद्यपी अहिले यस किसिमकाे विवाह छलकपट र मौनताको साथ गुपचुप रुपमा चलिरहेको छ । 

२०१९ मा एक अनुसन्धानबाट चीनका धेरै पुरुषहरु पाकिस्तानका गरिब ईसाई युवतीहरु छानिछानी निशाना बनाइरहेका छन् भन्ने कुराको पर्दाफास भएको थियो । 

उक्त काम गर्नका लागि धेरै अनुवादक र पुजारीहरु चिनियाँ पुरुषलाई सहयोग गरिरहेका थिए । अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो कि ती अधिकांश विवाह नक्कली, झुटो थियो । पाकिस्तानको पञ्जाब प्रान्तकी एक गरिब ईसाई युवतीहरुलाई विवाहको बहानामा चीन लगिन्थ्यो र वेश्यावृत्तिमा धकेलिन्थ्यो । 

पाकिस्तानको संघीय अन्वेषण एजेन्सीको अनुसन्धानमा यो पत्ता लागेको थियो कि कयौँ मामिलामा पाकिस्तानका गरिब ईसाई युवतीको अंग, खासगरी उनीहरुको गर्भाशय निकालेर सो अंगलाई अन्तर्राष्ट्रिय बजारमा बेचिएको थियो ।  

एफआईए जाँचका अनुसार जुन युवती वेश्यावृत्तिको लायक हुँदैन थिए, उनीहरुको अंग निकालेर बेचिदिन्थे । 

हालसालै बीबीसी उर्दूको एक अनुसन्धानमा पाकिस्तानका पञ्जाब लगायत प्रान्तबाट गरिब ईसाई युवतीहरुलाई अझै पनि बिचौलियामार्फत् चिनियाँ पुरुषसँग विवाह गर्न प्रस्ताव दिइन्छ भन्ने पत्ता लागेको छ । 

मानव तस्करी गर्ने एक समूह अहिले पनि मानिसहरुको सम्पर्कमा छन् । यो किसिमको विवाह विशेषगरी पाकिस्तानको सीमावर्ती प्रदेशको मर्दान, पेशावर र चारसद्दा शहरहरूमा अझैपनि यस्तो काम रोकिएको छैन । 

चिनियाँ पुरुषहरु र पाकिस्तानका ईसाई युवतीहरुको विवाह काण्डमा अक्सर पुजारी, नातेदार या पारिवारिक मित्र बिचौलियाको भूमिका निभाउँछन् । त्यसपछि उनीहरु युवतीको परिवारमा कुरा गर्छन् र विवाहको मिति तय गर्छन् । र ती युवतीहरुलाई इस्लामवादमा गोप्य रुपमा लगिन्छ र विवाह गराइन्छ । 

त्यस्तै एउटा विवाहको प्रस्ताव लगभग पाकिस्तानी पञ्जाबको शेखरापुरा शहरको चर्च कोलोनीमा तय भएको थियो तर सही समयमा युवतीका आफन्हरुको हस्तक्षेपका कारण रद्द गरियो । 

२०१८ देखि अहिलेसम्म भएको यस्तो विवाहमा एउटा कुरा विल्कुल उस्तै थियो । जो परिवार आफ्नो छोरीको विवाह चिनियाँ मानिसहरुसँग राजी भए, उनीहरु पाकिस्तानका सबैभन्दा गरिब र कमजोर वर्गका थिए । 

ती सबै परिवारले छोरीको विवाहका कारण बताएका थिए, त्यो थियो आफ्नो छोरीले वित्तिय स्वतन्त्रता हासिल गर्नेछन् । पाकिस्तानको आन्तरिक विभागका संघीय मन्त्री एजाज शाहका अनुसार, प्राय ती केशहरुमा शुद्ध शोषणको मामिला थियो ।  

पाकिस्तानी अधिकारीहरु यस्ता कयौँ मामिलाको अनुसन्धान गरिरहेका छन्, जो संघीय जाँच एजेन्सी र भूमि स्तरमा काम गरिरहेका छन्, उनीहरुका अनुसार यो सिधै वेश्यावृत्तिमा लगाउने तस्करी हो । 

पछिल्लो साल बीबीसीको एक अनुसन्धानमा विवाहको आडमा करिब ७ सय पाकिस्तानी युवतीहरुलाई तस्करी गरी चीन लगिएको थियो । 

अप्रिल २०१९ मा लाहौर निवासी लगभग ८ युवतीहरुले शहरका विभिन्न प्रहरी कार्यालयमा एफआईआर दर्ता गरेका थिए । यी सबै एफआरआईको भाषा एउटै थियो, र यसमा आरोपी बनाइएका मानिसहरु धेरै हदसम्म एउटै थिए । 

ती युवतीहरुले आफ्नो अभिभावक, नातेदार र धर्म गुरुमाथि केवल पैसाका लागि जबरजस्ती आफ्नो विवाह गराएको आरोप लगाएका थिए । जब चिनियाँ पुरुषको विवाहको यो खबर बाहिरियो तब यस्तो एफआईआरको संख्या बढेर १३ पुगेको थियो । यी सबै गुनासोहरु पञ्जाबको केवल एक शहरमा मिलेको थियो । त्यसपछि पञ्जाबका कयौँ शहरहरुबाट यस्ता गुनासो आएको थियो । 

अन्तर्राष्ट्रिय संगठन मानव अधिकार आयोगले पछिल्लो वर्ष पाकिस्तानलाई चेतावनी समेत दिएको थियो । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले यस मामिला सुल्झाउनका लागि पाकिस्तानलाई चीनले सहयोग गरिरहेको बताएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *