(भाजपा) की घोर विरोधी ममता मोदीको शपथ ग्रहणमा जाने

 

जेठ १५, भारत । चुनावी मैदानमा भारतीय जनता पार्टी (भाजपा) की घोर विरोधी ममता बनर्जी बिहिबार आयोजना हुन लागेको नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा समावेश हुनेछिन् । 

ममता बनर्जीले राष्ट्रपति भवनले पठाएको निमन्त्रणलाई स्विकार गर्दै शपथग्रहण कार्यक्रममा जाने जानकारी दिएकी छिन् । 

null

ममताले समाचार एजेन्सी एएनआईसँग भनिन्, ‘मैले अहिलेसम्म अन्य राज्यका मुख्यमन्त्रीसँग पनि कुराकानी गरेको छु । उनीहरु राष्ट्रपति भवनमा हुन लागेको कार्यक्रममा समावेश हुनेछन् । यस्तोमा म पनि यो कार्यक्रममा समावेश हुनेछु ।’ 

West Bengal CM Mamata Banerjee on PM Modi’s oath taking ceremony: I have spoken to other Chief Ministers also. Since it is a ceremonial program we thought of attending it.Yes I will go pic.twitter.com/qbgIomrvCL 

३० मे बेलुकी सात बजे राष्ट्रपति भवनमा नरेन्द्र मोदी प्रधानमन्त्रीको पद र गोपनियताको शपथ लिनेछन् । राष्ट्रपति भवनले यसबारे जानकारी दिएको थियो । 

The President will administer the oath of office and secrecy to the Prime Minister and other members of the Union Council of Ministers at 7 pm on May 30, 2019, at Rashrapati Bhavan 

सन् २०१४ मा ममता शपथ ग्रहण कार्यक्रममा गएकी थिइनन्ः 

पार्टी स्रोतका अनुसार चुनावको क्रममा बंगालम भएको हिंसा र राजनीतिक दलबीचको तनावपछि ममता बनर्जीले शपथ ग्रहणमा समावेश हुने निर्णय गरेकी हुन् । मुख्यमन्त्रीले राजनीतिक तनाव कम गर्ने उद्देश्यसहित यस्तो निर्णय गरेको पार्टी स्रोत बताउँछ । सन् २०१४ मा ममता मोदीको शपथग्रहण कार्यक्रममा सहभागी भएकी थिइनन् तर उनले आफ्नो प्रतिनिधि अमित मित्रा र मुकुल रोयलाई पठाएकी थिइन् । यद्यपी, रोयपछि भाजपा प्रवेश गरे । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *