गरीबीमा बित्याे कादर खानको बाल्यकाल, हप्तामा तीन दिन मात्र मिल्थ्याे खाना

 

पुस १८, काठमाडौँ । कादर खान यस्ता व्यक्ति थिए कि जसको हास्य संवादले जस्तोसुकै उदास अनुहारमा पनि मुस्कान ल्याउँथ्यो । तर खुशी बाँड्ने उनी अब यो दुनियाँमा छैनन् । उनको ८१ वर्षको उमेरमा मंगलबार निधन भइसकेको छ । 

हास्य कलाकार कादर खानको बाल्यकाल एकदैमै दुःख कष्टले बित्यो । उनकी आमा अफगानिस्तानको राजधानी काबुलभन्दा थोरै टाढा रहन्थिन् । कादर खानको जन्मपछि उनका आमा–बुवा मुम्बई आए । मुम्बईमा उनीहरु इस्लामी क्षेत्रमा रहन थाले । मुम्बइमा रक्सी, जुवाखाना त थियो नै, हत्या पनि उत्तिकै हुन्थ्यो । 

null

यसबाट कलाप्रेमी मनका कादर खान एकदमै विचलित थिए । यसै समय उनको आमा–बुवाको झगडा पनि हुन थाल्यो र उनीहरुको डिभोर्स भयो । पाकिस्तानबाट आएका कादर खानका हजुरबुवा र मामाले उनकी आमाको दोस्रो विवाह गरिदिए । कादरको सौतेलो बाबु उनीमाथि एकदमै अत्याचार गर्थे । 

उनी कादरलाई पहिलो बाबुसँग जबरजस्ती पैसा माग्न पठाउँथे । दुई रुपैयाँको भीख माग्न कादर कमाठीपुरादेखि सडकसम्म पैदल हिँडेर जान्थे । 

 

एक पटक एक अन्तर्वार्तामा कादरले भनेका थिए कि कसरी उनकी आमा र उनी एक रुपैयाँको दाल–आटामा गुजारा चलाउँथे । र हप्तामा ३ दिन मात्रै खान खाएर काममा जान्थे । बाँकी दिन भोकै पेट बस्थे । 

पैसा कमाउन कादरले मजदूरी सुरु गरे, तर आमाले पढाइ पुरा गर्न भनिन् । आमाले भनेपछि पढाइ नै उनको जिन्दगी बन्यो । अभिनय र अर्काको नक्कल गर्नु उनको शोख थियो । जसको अभ्यास उनी घरनजिकै बनेको एक कब्रिस्थानमा गर्थे र त्यहीँ उनले आफ्नो अभिनयलाई निखारे । 

कादर खानकी आमाको मृत्यु अप्रिलमा भएको थियो । जब कादर खानले आमाको मृत्यु भएको खबर दिए तब सबैले यसलाई अप्रिल फुल सम्झिए । उनको आमाको मृत्यु एकदमै पीडादायक थियो । कादर स्टेट प्ले प्रतिस्पर्धाबाट फर्किँदा उनकी आमा मुखबाट उल्टि गरिरहेकी थिइन् । 

आमाको हालत देखेर उनी डाक्टर बोलाउन जाँदा डाक्टर आउन मानेनन् । त्यसपछि कादर खानले फिल्मी शैलीमा डाक्टरलाई नै जबरजस्ती उठाएर घरमा ल्याए र भने अब हेर्नुस् मेरी आमालाई । तर त्यतिबेलासम्म उनकी आमाको मृत्यु भइसकेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *