मेरो किरानाडटकमबाट सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता
चैत्र १५, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले मेरो किरानाडटकमबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने भएको छ । एनआईसी एशिया बैंक र मेरो किरानाबीच साझेदारी भएसँगै यो सेवा शुरु भएको हो । यो योजना चैत मसान्तसम्म लागू हुनेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान
गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको
डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने छन् ।
मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाइने बैंकले जनाएको छ ।