खैरहनीमा खाद्यान्न सहज, मेडिकल बन्द

चैत्र १६, चितवन । लकडाउनका बेला कृक्रिम अभाव सिर्जना हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै खैरहनी नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । 

खैरहनी नगरपालिका उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा अनुगमन गरिँदै आएको छ । आइतबार बिहान पनि खाद्यान्न पसल र मेडिकलहरुको अनुगमन गरिएको थियो ।  

अनुगमनका क्रममा पसलमा अबको १० दिनसम्मलाई पुग्ने खाद्यान्न तथा किराना सामान रहेको पाइएको खैरहनी २ का वडाध्यक्ष एवम् सार्वजनिक सेवा तथा क्षमता विकास, सुशासन समिति संयोजक टिकादत्त इटनीले बताए । तर गहुँ र आँटाको भने अभाव रहेको उनले जानकारी दिए । 

खाद्यान्नका होलसेल पसलहरुले बिहान ८ बजेदेखि ९ बजेसम्मको समयमा बिक्री गर्दै आएका छन् । खैरहनीको मुख्य व्यापारिक केन्द्र नयाँ पर्सा र पुरानो पर्सामा अनुगमन गरिएको थियो । टोलीले गरेको अनुगमनमा केही मेडिकल हलहरु बन्द रहेको पाइएको थियो । 

पुरानो पर्सामा रहेको चौधरी पोलिक्लिनिक तथा चौधरी मेडिकल हल बन्द अवस्थामा पाइएकाले तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिईएको समिति संयोजक इटनीले बताए । मेडिकलहरुमा केही औषधीको अभाव रहेको डिष्टिव्युर्टसहरुले उपलब्ध नगराएको मेडिकल संचालकहरुले बताएका थिए ।  

नागरिकको स्वास्थ्यलाई ध्यान निदिइ बन्द रहेका मेडिकलहरुलाई नियमित सुचारु गर्न र कोरोनाको भाईरससँग मिल्दोजुल्दो लक्षण देखिएमा नगरपालिकालाई जानकारी गराई तत्काल कोरोना अस्पताल भरतपुर पठाउन निर्देशन समेत दिइएको छ ।  

खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको नेतृत्वमा गरिएको अनुगमनमा नगरपालिका प्रवक्ता रामशरण पाण्डे, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, खैरहनी नगरपालिका प्रशासकीय अधिकृत दामोदर अधिकारी, सार्वजनिक सेवा तथा क्षमता विकास, सुसासन समिति सदस्यहरु हाकिम सिंह उप्रेती, लक्ष्मी दराई, रामसिंह चौधरी, इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *