समितिको बैठकमा कोरम नै पुग्दैनः राज्यबाट सुविधा लिएर के धन्दा चलाउँछन् सांसदहरु ?

काठमाडौं । केही समय पहिले निरन्तर रुपमा बाहिरिए सांसदका कर्तुतहरु । जनताले मत दिएर पठाएका प्रतिनिधिले जनाताको करमा रजाई गरेका खबर आएपछि केहीले त्यस्ता सुविधा फिर्ता गरे । कति अहिलेसम्म पनि नचाहिँदो सेवा सुविधा लिइनैरहेका छन्, लाजै नमानि । 

तर जनताको ढाड सेकेर लिएको नचाहिँदो सेवा सुविधा कसरी पचाउँछन् ? जबकि, उनीहरु संसदको बैठकमा समेत जाँदैनन् । सांसद नआउँदा लामो समयसम्म संसद अनिर्णित बन्न पुग्छ । 

संसदीय सुनुवाई समितिको मंगलबारको बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भयो । यसअघि, आइतबार पनि यस्तै नियती भोगेको थियो समितिले । कोरम नपुगेकै कारण स्थगित गर्नु परेको थियो। 

null

थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित भयो। यसको चिन्ता जनताका प्रतिनिधिलाई देखिदैन ।आखिर उनीहरुको समय र ध्यान कहाँ छ ? 

१५ सदस्यीय सुनुवाई समितिको बैठकमा मंगलबार जम्मा सात जना सांसद उपस्थित भए। ८ जना सांसद गएचाहिँ कहाँ ? जबकि सत्ताधारी दल नेकपाकै ९ जना सांसद छन् यो समितिमा । कांग्रेसका ४, संघीय समाजवादी फोरम र राजपाका १÷१ जना सांसद सदस्य छन् । र पनि समितिमा कोरम पुग्दैन। 

गत आइतबार कोरम नपुगेपछि नेकपाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप नै जारी गरेको थियो । तर पार्टीको ह्वीप पनि मानेनन् दुई सांसदले । सुमन प्याकुरेल र शिवकुमार मण्डल मंगलबारको बैठकमा उपस्थित भएनन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले भने संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गरेका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *