सबै माओवादी एक भए पहिलो पार्टी बन्ने अध्यक्ष प्रचण्डको भनाइ

काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी फुटको सिकार भएको भन्दै फेरि एकताका लागि पहल भइरहेको जानकारी दिनुभएको छ । सबै फुटेका माओवादी एकैचोटी एकजुट भए, एकैचोटी पहिलो पार्टी हुने उहाँले बताउनुभयो ।

आज पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले त माओवादी पनि कति भएका ? माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं ।’ उहाँले पार्टीका नेताहरु अब हेडक्वाटर तिर होइन जनतातिर फर्किनुपर्ने भन्दै पार्टीको काम कारबाही संगठीत रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *