सनराइज बैंक र महिला चेम्बर अफ कमर्श बीच सहकार्य

 

साउन १६, काठमाडौं । सनराइज बैंक तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फबाट “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने छ । 

null

साथै, संघमा आवद्ध महिला आयात/निर्यातकर्ताहरुलाई विद्यमान बैंकि¨ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ । 

सो सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *