नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीको घरमा राखिएको बम डिस्पाेज

माघ १३, विरगंज । पर्सा विरगंजस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीको घरको मुल गेटमा राखिएको बम डिस्पोज गरिएको छ ।  

आज बिहान करिब साढे ८ बजेको समयमा अन्सारीको घरमा भेटिएको बमलाई नेपाली सेनाको श्री चण्डी प्रसाद गणबाट गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।   

चण्डी प्रसाद गणका सेनानी नर बहादुर बिष्टले अन्सारीको घरमा भेटिएको शंकास्पद बस्तु बम नै भएको बताएका छन् । प्रेसर कुकर भित्र २ वटा डेटोनेटर र ब्याट्रीको चार्ज बनाएर बिस्फोटक पदार्थसहित फिट गरिएको सेनाको भनाई छ ।   

सुरक्षाकर्मीको उच्च सतर्कताले बम विस्फोट हुनु अगावै डिस्फोज गर्न सकिएको थियो । बम कसले किन राख्यो खुल्न सकेको छैन ।   

अस्पतालका सञ्चालक बसरुद्धिन अन्सारीले बम कसले कुन उद्देश्यले राख्यो थाहा नभएको बताए । ‘यस बारेमा त्यस्तो केही थाहा छैन, कसैले हामी पनि बिरगंजमा छौं है भनेर देखाउन पनि गरेको हुन सक्छ कि ?’ अन्सारीले मकालु खबरसँग भने ।   

बम राखिएको घटनाबारे थप अनुसन्धान थालिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए। नगरमा आम सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले कसैले बम राखेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ। देशका अन्य भूभागमा बम र विस्फोटक वस्तुहरु भेटिएपनि वीरगञ्जमा केही वर्षयता यस्तो गतिविधि थिएन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *