गोरखामा तीन करोडको लगानीमा होटल सञ्चालन

गोरखा, साउन ९ । सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।

होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ । सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा अब सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताउनुहुन्छ । होटलमा अहिले २० जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन् । सुरेन्द्र न्यौपाने,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *