कांग्रेसको राष्ट्रिय जागरण अभियान बैशाख २५ बाट

 

बैशाख २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैशाख २५ गतेबाट ७७ वटै जिल्लामा एकसाथ जागरण अभियान सुरु गर्ने भएको छ । 

सोमबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानबारे औपचारिक जानकारी गराएका हुन् । 

null

उनका अनुसार बैसाख २५–जेठ २५ प्रथम चरण, भदौ २४ (वीपी जयन्ती) देखि असोज १० सम्म दोस्रो चरण र अन्तिम चरणको जागरण अभियान पुस ७ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । 

कार्यक्रममा सातै प्रदेशमा पदाधिकारीले प्रदेशको कमान्ड गर्नेछन् । 

जसअनुसार सभापति शेरबहादुर देउवाले प्रदेश ३ को काठमाडौंमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश २ को धनुषामा सम्बोधन गर्नेछन्। 

यस्तै प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का र प्रदेश ५ को रुपेन्देहीमा अर्का महामन्त्री शंशाक कोइरालाले सम्बोधन गर्नेछन् । 

कर्णालीमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता शर्माले बताए । 

जागरण अभियानका लागि १२ भाषामा जागरण गीत समेत तयार गरिएको छ । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा गीत तयार भएको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *