महोत्तरीमा १४ वर्षिय बालकमाथी गोली प्रहार
मकालु खबर
२०७६ पुस १८ गते
पुस १८, महोत्तरी । बिहिबार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा करिब १४ वर्षीय बालकमाथी गोली प्रहार भएको छ ।
साथीहरुसँग वनभोज मनाएर फर्किंदै गरेका जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने करिब १४ वर्षीय बालक अक्षय कापरमाथि साँझ ७ बजे गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार छात्तीमा गोली लागी गम्भिर घाइते भएका अक्षयलाई उपचारको लागि काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ ।
उनलाई गोली प्रहार गर्ने व्यक्ति सोही गाउँका अन्दाजी ३९ वर्षको विनय सिंह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालकलाई गोली प्रहार गरी हाल भारततर्फ फरार रहेका सिंहको खोजीकार्यका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएकाे छ ।
मकालु खबर
२०७६ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित