दुहवीमा लागुऔषध निषेध तथा मदिरा नियन्त्रण सचेतना अभियान

दुहवी, कार्तिक, १३ । दुहवीमा लागुऔषध निषेध तथा मदिरा नियन्त्रण सचेतना अभियान समिति गठन भएको छ । 

मंगलवार दुहवी ४ स्थित मालहट्टीमा दुहवी वडा नम्वर ४ कार्यालयको आयोजनामा भएको कार्यक्रममा गुलाबी मियाँको संयोजकमा १७ सदस्य लागु औषध निषेध तथा मदिरा नियन्त्रण सचेतना अभियान समिति गठन भएको हो । 

 

null

दुहवी वडा नम्वर ४ का वडाध्यक्ष राजन बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनारायण माझी, सशस्त्र प्रहरी वेस क्याम्पका इञ्र्चाज, दुहवी वडा नम्वर ४ का वडा सदस्यहरु समाजसेवी लगायतको उपस्थिति रहेको थियो । 

सरकारले अब मदिरा सेवन गरेको व्यक्तिलाई सार्वजनिक सवारीसाधन, अस्पताल, विद्यालय, कलेज तथा सार्वजनिक निकायमा प्रवेश निषेध गर्ने भएको छ । गृह मन्त्रालयले लागुऔषध निषेध तथा मदिरा नियन्त्रणसम्बन्धी राष्ट्रव्यापी विशेष अभियान चलाउँदै यस्तो गर्न लागेको हो । गृहले ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण अभियान, २०७५’ नाम दिएर छिट्टै त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । 

गृहले सबै जिल्ला प्रशासन कार्यालय र गृहको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानिय तहमा पत्राचार गरी लागुऔषध निषेध तथा मदिरा नियन्त्रण विशेष अभियान चलाउन भनेको छ । वडा स्तरमै लागु औषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना अभियान समिति गठन गरी सरकारले मदिरा बिक्री र सेवन कर्तामाथि कडाइ गर्न लागेको छ । 

 

मदिरा सेवन गरेको व्यक्तिलाई सार्वजनिक सवारी साधन, अस्पताल, विद्यालय, कलेज तथा सार्वजनिक निकायमा प्रवेश निषेध गर्ने’ गृहले सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाएको स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण अभियान २०७५ को अवधारणामा भनिएको छ, अठार वर्ष उमेर नपुगेको किशोरकिशोरी तथा गर्भवती महिलाले मदिरा सेवन गर्न नपाइने र अठार वर्षभन्दा कम उमेर भएका बालबालिकाहरुलाई मदिरा बिक्रीवितरण नगर्ने । 

मदिरा बिक्रीवितरणको इजाजत प्राप्त पसलबाट इजाजतपत्रमा उल्लेखित शर्त विपरीत हुने गरी अन्य उपभोग्य वस्तु बिक्रीवितरण भएको पाईएमा र मदिरा बिक्रीवितरणको लागि इजाजत पत्र नलिई मदिरा बिक्री गरेको पाइएमा समेत अनुगमन गरी तत्काल कारवाही गर्न गृहले भनेको छ । त्यतिमात्र होइन, सार्वजनिक स्थानमा मदिरा वा मदिराजन्य पदार्थ सम्बन्धी होर्डिङ बोर्ड, पर्चा, पोष्टर टाँस्न, वितरण गर्ने कार्यलाई समेत नियन्त्रण गर्न भनिएको छ । 

साथै सबै स्थानिय तहसम्म कारवाहीको अभियानलाई बिस्तार गर्ने । गृहले स्थानीय तहसँगको समन्वयमा मदिरा उत्पादन, बिक्रीवितरणमा नियमन तथा हानिकारक सेवनमा नियन्त्रणको लागि सरोकारवालाको सहभागितामा विशेष अभियान सञ्चालन गर्नसमेत भनेको छ । पत्रमा जिल्ला स्तरमा रहेका मदिरा उत्पादन, आयात तथा बिक्रीवितरण गर्ने स्थान, उद्योग व्यक्तिको अझिलेख, बिक्रीवितरण गर्ने स्थान, उद्योगपतिको अभिलेख तयार पारी नियमित रुपमा गृहमा पठाउन भनिएको छ । 

गृहले मदिरा बिक्री गर्नको लागि निश्चित समयसीमा तोक्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई भनेको छ । मुलुकभित्रका केही समुदायमा रहेको परम्परागत सामाजिक सांस्कृतिक मान्यता र विश्वव्यापी रुपमा समेत रहेको ‘मदिरा संस्कृति’ र सो को देखासिकीले समाजलाई नराम्ररी प्रभावित पारेको छ । 

नेपाली समाजमा गहिरो गरी जरा गाडिसकेको ‘मदिरा संस्कृति’लाई नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको भए तापनि स्वस्थ र सबल समाजको निर्माणको लागि मदिरा उत्पादन तथा बिक्रीवितरणलाई व्यवस्थित र हानिकारक सेवनलाई नियन्त्रण गर्न आवश्यक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *