करणी गरी फरार रहेका २ जना पक्राउ

 

जेठ ९, चितवन । जबरजस्ती करणी गरी फरार रहेका २ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । 

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा वालिका जवरजस्ती करणी गरी फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

null

गत बैशाख ६ गते माडी नगरपालिका ५ छरछरेका शमशेर विकले एक १५ वर्षिया बालिकालाई करणी गरेको निवेदन परेको थियो । भारतीय प्रहरीको सहयोगमा भारतीय सिमाना सुनौलीबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । 

त्यस्तै जबरजस्ती करणी गरी फरार रहेका भरतपुर महानगरपालिका १६ का गोपाल भन्ने सुभाष परियार पक्राउ परेका हुन् । उनले एक बालिकालाई फकाई घरमै बोलाई करणी गरेको आरोप लागेको छ । परियारलाई बिहीबार पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता रेग्मीले बताए । 

कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १९ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ । 

दश बर्ष वा दश बर्ष भन्दा बढि चौध बर्ष वा सो भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गरे चौध बर्ष देखि सोह्र बर्षसम्म सजाय हुने व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *