रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुश यस क्षेत्रले गरेको बताएका छन् । 

आज   राजधानीमा   आयोजित   औद्योगिक   सम्बन्ध   र   श्रम   नीति   विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने– औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध वलियो र दिगो वनाउन सक्छ । 

उनले   यस   किसिमको   सोचले   देशमा   औद्योगिक   प्रवद्र्धन   र   रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने भन्दै यस सम्बन्धलाई थप वलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको उल्लेख गरे । 

null

उपाध्यक्ष   ढकालले   श्रम   ऐन   र   सामाजिक   सुरक्षा   ऐन   निर्माण   गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक   जटिलता   देखिए   पनि   एकले   अर्काेलाई   दोष   दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने उनले बताए । 

श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ हामी संगै अघि वढन तयार छौ– उनले भने । साथै ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरु लागि परेको पनि बताए ।   

विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नविर्सेको उनको भनाई थियो । उनले भने– परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै  बढी भन्दा बढीलाई रोजगारीका अवसर 

प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौ । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *