पोखरास्थित हेरिटेज होटेलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

चैत्र ३, काठमाडौं । पोखरास्थित हेरिटज होटेलमा कुमारी बैंकका ग्राहकहरुलाई आकर्षक छुटको व्यवस्था गरिने भएको छ । होटलका विशेष सेवाहरुमा डेबिट/क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुटको प्रावधान सम्बन्धी कुमारी बैंक र हेरिटेज होटेलबीच सम्झौता भएको हो ।   

सम्झौता अनुसार होटेलले बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकलाई उक्त होटेल बसाई अवधिमा रुम शुल्कमा २५ प्रतिशत, खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट दिनेछ ।   

आफ्ना देशव्यापी १ सय २४ शाखा सञ्जाल, १ सय २२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा दिदैं आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिवद्धता जनाएको छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *