योमरी पुन्हि र उधौलीका अवसरमा राष्ट्रपतिको शुुभकामना

काठमाडौं। विभिन्न समुदायको पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी नेपालका विभिन्न जातजाति र समुदायहरूले मनाउने चाडपर्वहरुले नेपाल साझा फूलवारीको रूपमा श्रृंगारिएको बताएकी हुन्। 

‘यहाँ मनाइने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’, उनको शुभकामनामा उल्लेख छ। 

धान्यपूर्णिमा, योमरी पुन्हि र उधौलीलगायत पर्वका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र राजनीतिक दलका नेताहरूले पनि सर्वसाधारणलाई शुभकामना दिएका छन्। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *