प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पताल भर्ना

चैत २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् । 

मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राति बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको हो । उनको मुटुको एउटा धमनी बन्द भएकाले शल्यक्रियामार्फत खोलिसकिएको पारिवारिक स्रोतले जनाएको छ । 

शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटमार्फत दिएको जानकारीअनुसार एक्युट इन्फेरिअर वाल एमआईका कारण डा. भट्टराईको राइट कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *