आगामी तीन दिनकाे माैसमः चट्याङ सहित वर्षाको सम्भावना

फागुन १४, काठमाडाैं । आगामी तीन दिन देशभरकाे माैसम बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले आगामी तीन दिनकाे माैसमकाे जानकारी गराउँदै हाल देशमा पुर्वी तथा मध्य भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले माैसम परिवर्तन हुने जनाएकाे छ ।   

हिजाेबाट देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहि देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भईरहेको छ। 

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

फागुन १४ गते (बुधबार) 

देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङ सहित वर्षाको सम्भावना छ । 

राती देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन्/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

फागुन १५ गते (बिहिबार) 

देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

फागुन १६ गते (शुक्रबार) 

देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। 

महाशाखाले देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध पनि गरेकाे छ | 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *