५ वर्षीय छोरासहित पक्राउ परिन् विप्लव समूहकी नेतृ कल्पना सुवेदी

 

बैशाख ११, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ पक्राउ परेकी छिन् । 

नेकपाको महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी मंगलबार राति आफ्नो घरैबाट पक्राउ परेकी हुन् । 

null

सुवेदी नेकपाको रुपन्देही जिल्ला सदस्यसमेत रहेकी सुवेदीसँगै उनको ५ वर्षीय छोरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सरकारले उनीहरुलाई नियन्त्रणमा लिने कार्य जारी राखेको छ । यसअघि पनि विप्लव समूहका कयौँ कार्यकर्ताहरु पक्राउ परिसकेका छन् । रुपन्देहीमा मात्रै १० नेता कार्याकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *