प्रहरीकाे गाेली लागी एक जनाको मृत्यु

कार्तिक १४, कपिलवस्तु । कपिलवस्तुमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ ।   

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार अनिश्चितकालीन कर्फ्यू लगाएको  थियो ।   

कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेमाथि प्रहरीले गोली चलाएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *