गर्मीमा अनुहारलाई यसरी ताजा र चम्किलो बनाउँनुहोस्
जेठ ६ । अनुहार यस्तो चिज हो जहाँ सबैको ध्यान केन्द्रित हुन्छ । हामीले जाडोमा जसरी अनुहारको हेरचाह गछौँ गर्मीमा पनी त्यसैगरी हेरचाह गर्नुपर्नेहुन्छ । अझ जाडोमा भन्दा गर्मीमा अनुहारको हेरचाह बढी गर्नुपर्ने हुन्छ ।
दिनभरीको धुलोधुँवा,दिनभरीको कामको भागदाैडले हाम्रो अनुहारको चमक र ताजकीपन नै हराई दिन्छ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह जाडोको तुलनामा बढी गर्नुपर्ने हुन्छ । गर्मी मौसममा आफ्नो अनुहारको ख्याल तल भनिए जस्तै गरे तपाईको अनुहार ताजा,चम्किलो र सुन्दर हुनेछ ।
null
– अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ ।
– घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लीन्जिङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।
– अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन ।
– अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।
– जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ ।
– आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।
– अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ ।