बहिनीले लगाएको आरोपबारे नायक ऋतिककाे यस्ताे प्रतिक्रिया
असार २८, भारत । बलिउड अभिनेता ऋतिक रोशनको बहिनी सुनैना रोशनले परिवारले मारपिट गरेको आरोप लगाएकी थिइन् ।
सुनैनाको अनुसार, उनी एक मुस्लिम केटाको प्रेममा थिइन् जुन कुरा परिवारलाई स्विकार्य थिएन । सुनैनाले बाबुले थप्पड हानेर आतंकवादी होस् भनेको खुलासा गरेकी थिइन् ।
null
सुनैनाको बयानले पुरै रोशन परिवार तनाबमा छन् । हालै ऋतिक रोशनले सुनैनाको आरोपबारे अन्तर्वार्ता दिएका छन् । उनले भने, ‘यो मेरो परिवारको लागि निकै संवेदनशील कुरा हो । मेरो परिवारमा यो धर्म त्यो धर्म भन्ने कुरा छैन । हाम्रले धर्मको बारेमा कहिले केहि कुरा गरेको छैन । न त हामीले यसलाई महत्व दिएका छौं ।’ उनले सुनैना मुस्लिम युवकको प्रेममा भएको पनि स्विकार गरे ।
सुनैनाको विषयलाई लिएर कंगना रनावतको बहिनी रंगोलीले ट्विट गरेर हंगामा मचाएकी थिइन् । उनले सुनैनाले कंगनालाई फोन गरेर सहयोग मागेको दावी गरेकी थिइन् । एजेन्सी