सरकारले राष्ट्रपतिको २५ लाखको बिमा गरिदिने, तलब र भ्रमण भत्ता कति ?

काठमाडौं, साउन १० । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको २५ लाख रुपैयाँको बिमा गरिदिने भएको छ । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको खबर राजधानीमा छ ।

प्रधानमन्त्रीका तर्फबाट श्रममन्त्री फरमुल्लाह मन्सुरले संसद्मा सो विधेयक पेस गरेका हुन् । विधेयकमा राष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ र उपराष्ट्रपतिको पारिश्रमिक प्रतिमहिना १ लाख ८ हजार ३० रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यस्तै पोसाक सुविधाबापत राष्ट्रपतिलाई प्रतिवर्ष २५ हजार र उपराष्ट्रपतिलाई २० हजार रुपैयाँ दिने उल्लेख छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई स्वेदश भम्रणका लागि दैनिक ३ हजार ३ सय र विदेश भ्रमणमा दैनिक २ सय ५० अमेरिकी डलर भत्ता दिन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *