सिन्धुपाल्चोकमा हेलिकप्टरमार्फत खाद्यान्न र औषधि पठाउने तयारी

काठमाडौं, साउन १० । सिन्धुपाल्चोकमा पहिरोका कारण पुल भत्किएपछि प्रभावित भएकाहरुका लागि हेलिकप्टरमार्फत खाद्यान्न र औषधि पठाउने तयारी भएको छ ।

वर्षासँगै आएको पहिरोले बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर उत्तरमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएपछि तातोपानी आसपासका क्षेत्रमा हेलिकोप्टरमार्फत आवश्यक सामग्री पु¥याउने तयारी थालिएको हो ।

पुल भत्किएपछि हिजो बसेको सरोकारवालाको बैठकले पहिरोको जोखिम रहेकाले तारजाली पनि स्टकमा राख्ने निर्णय गरेको थियो । बाह्रबिसेदेखि लार्चा पुलसम्मको सडकमा ठाउँ ठाउँमा पहिरो गएकाले निर्माण सामग्री लैजान नै कठिनाई भएको छ । अहिले पनि झरी परिरहेकाले पहिरो पन्छाउन कठिनाई भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *