मकालु खबर डट कमको शुरुवात, सञ्चार क्षेत्रमा पृथक काम गर्ने

जेठ–१५, काठमाडौं । आम जनतामा विस्वसनीय सुचना र सत्यतथ्य खबर प्रवाह गर्ने उद्देश्यले आजबाट मकालुखबर डटकम सञ्चालनमा आएको छ । आज मकालुखबर डटकमको एक कार्यक्रम विच शुरुवात गरियो ।

शुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालनमा आएको मकालुखबर डटकमले आम जनताका समस्या, चासो र देशका समसामयिक विषय वस्तुहरु समावेश गर्ने शुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप कुमार डिसीले बताउनु भयो । ‘सञ्चार क्षेत्रमा पृथक विषय र नागरिकका चासो, समस्या र सकारात्मक विचार संप्रेषण गर्नका लागि मकालुखबर डटकमको शुरुवात गरिएको हो । अनलाईन पोर्टलसँगै आउँदो असारदेखि मासिक म्याग्जिन समेत सञ्चालन गर्नेछौं ।’ अध्यक्ष डिसीले भने । अनलाईन पत्रकारितामा ब्यवसायिक पत्रकारिता गर्नका लागि मकालु खबर डट कम सञ्चालन गरिएको हो ।

युवा सञ्चारकर्मी सीआर बस्नेत, केशब सापकोटा र फिलिप कुमार डिसीको संयुक्त लगानीमा सञ्चालनमा आएको मकालुखबर डटकममा समसामयिक समाचार, राजनीति, शिक्षा, स्वास्थ्य, साहित्य, मनोरञ्जन, खेलकूद, रिपोर्ट लगायतका कुरा समेटिने छन् । हाल देशका २० बढि शहरहरुलाई केन्द्रमा राखेर मकालुखबरले पत्रकारिता गर्ने बताईएको छ । मकालुखबर इन्टरनेटको माध्यमबाट विश्वका जुनसुकै क्षेत्रबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *