पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने सरकारको निर्णय

फाइल तस्विर 

वैशाख ८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।  

आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव राखेको एक मन्त्रीले जानकारी दिए ।  

संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको बताइएको छ । यसले पछिल्लो समय सत्तारूढ नेकपामा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएको प्रष्ट हुन्छ ।  

सरकारले ल्याएको अध्यादेश संसदको बहुमतले संसद अधिवेशन सुरूभएको ६० दिनभित्र पास गर्नु पर्ने संविधानको धारा ११४ मा व्यवस्था गरिएको छ । सो अध्यादेश राष्ट्रपति भण्डारीले आजै जारी गर्ने सम्भावना छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *