‘रुट, विलियमसन, स्मिथ र कोहली मध्ये को उत्कृस्ट ?’

एजेन्सी । भारत र पाकिस्तानबीच क्रिकेटको मैदानमा एकअर्का प्रति जति प्रतिस्पर्धा भएपनि मैदान बाहिर दुवै देशका खेलाडीहरु एक-अर्काको प्रशंशा भने गरिरहेकै हुन्छन् । त्यसैक्रममा पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरले आफुलाई मन पर्ने विश्वकै उत्कृस्ट ब्याट्सम्यानको रुपमा भारतीय ब्याट्सम्यानको नाम लिएपछि चर्चाको विषय बनेको छ ।

स्टार देब्रे हाते बलर आमिरले आफ्नो ट्विटर मार्फत सोमबार फ्यानहरुको जिज्ञाशा समाधान गर्ने क्रममा विश्वकै उत्कृस्ट क्रिकेटर विराट कोहली रहेको बताएका हुन् । २६ वर्षिय क्रिकेटरलाई एक ट्वीटर फ्यानले ‘तपाईको विचारमा विश्वको वर्तमान उत्कृस्ट ब्याट्सम्यान को हो ?’ भनेर जिज्ञाशा राखेपछि आमिरले ‘विराट कोहली’ भनेर उत्तर दिएका थिए ।

आमिरको जवाफ पछि अर्का फ्यानले उनलाई ‘रुट, विलियमसन, स्मिथ र कोहली मध्ये को उत्कृस्ट ?’ भनेर जिज्ञाशा राख्दा आमिरले यस्तो उत्तर दिए –

‘उनीहरु सबै उत्कृस्ट छन् तर व्यक्तिगत रुपमा विराट कोहली’

भारतीय क्रिकेट टिमका कप्तान कोहलीलाई गत महिना इंग्ल्याण्डमा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा आमिरले आउट गरेका थिए । सन् २००८ देखि भारतीय टिमको प्रतिनिधित्व गरेका २९ वर्षिय कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा २८ शतकको मदतले ८ हजार रन पार गरीसकेका छन् भने टेस्ट क्रिकेटमा १६ शतकको मदतले ४ हजार भन्दा माथि रन बनाईसकेका छन् ।

सन् २०१० मा फिक्सिंगको कारण प्रतिवन्धित भएका आमिरले सन् २०१६ जनवरी देखि पुनः पाकिस्तानको जर्सी लगाएका थिए । त्यसपछि लगातार पाकिस्तान क्रिकेट टिमको महत्वपूर्ण बलरको रुपमा आफुलाई साबित गर्दै आईरहेका छन् ।

आमिरले आफ्नो ट्विटरमा अन्य प्रश्नहरुको समाधान गर्ने क्रममा आफ्नो क्रिकेट आइकन वासिम आक्रम रहेको समेत बताए । उनले भारतसँग २०१६ एसिया कपमा गरेको बलिंग स्पेल आफुलाई सबैभन्दा उत्कृस्ट लाग्ने समेत लेखेका छन् ।

क्रिकेट बाहेक फुटबल आफुलाई मनपर्ने बताएका उनले पाकिस्तान क्रिकेट टिमको मनपर्ने खेलाडी सोयब मलिक भनेका छन् । सन् २००९ मा पाकिस्तान क्रिकेट टिमको लागि डेब्यु गरेका आमिर हाल ससेक्स क्लबबाट इंग्ल्याण्डमा क्रिकेट खेलीरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *