‘ब्यालोन डी’ ओर उपाधिका दावेदार ४ खेलाडीको नाम लिएपछि

एजेन्सी – रियल म्याड्रिड एवं पोर्चुगल राष्ट्रिय टोलीका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन् २०१७ को ब्यालोन डी’ ओरको उपाधिका दावेदार रहेका ४ खेलाडीको नाम लिएका छन् । इएसपिएनसँगको अन्तर्वार्तामा बोल्दै उनले यस सिजन राम्रो प्रदर्शन गरिरहेका खेलाडीको नाम लिएका हुन् ।

रोनाल्डोले यस सिजन अन्य क्लबका खेलाडीले पनि राम्रो प्रदर्शन गरेकाले प्रतिस्पर्धा कठिन हुने बताए । ‘पक्कै पनि यस सिजन पनि उपाधि जित्न निकै प्रतिस्पर्धा हुनेछ । मसँगै यस उपाधिको होडमा बार्सिलोनाका लिओनेल मेस्सी र नेयमार, बायर्नका रोबर्ट लेवान्डोस्की र युभेन्टसका गोन्जालो हिगुएन रहेका छन् ।’

उनले यी सबै खेलाडीको प्रदर्शनले आफुलाई पनि थप राम्रो गर्ने हौसला मिल्ने बताए । ‘यस्तो प्रतिस्पर्धा हुनु भनेको निकै राम्रो हो । यसले मलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्दै आएको छ । उनीहरुको विकास हुँदै जाँदा मैले पनि आफुलाई अझ सुधार्दै लागेको छु ।’

रोनाल्डोले गत सिजन रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जितेका थिए । पोर्चुगलबाट कन्फेडेरेसन कपमा भने टोलीको यात्रा सेमिफाइनलसम्म मात्र सिमित रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *