नेकपाभित्र उम्मेदवार विवाद, पार्टी कार्यालयमा तालाबन्दी

कार्तिक १८, भक्तपुर । भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा उम्मेदवारीको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भित्र विवाद देखिएको छ ।   

सोमबार चाँगुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै विवाद सतहमा आएको हो ।   

नेकपा सचिवालय बैठकले आइतबार देवीप्रसाद ढकाल (डीपी) लाई भक्तपुरबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट असन्तुष्ट नेकपा कार्यकर्ताले आज नाराबाजी समेत गरेका थिए । 

ढकाल हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव छन् । २०७४ सालमा सप्पन्न प्रदेश सभाको निर्वाचनमा पनि ढकाल उम्मेदवार रहेका थिए ।   

मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । भक्तपुरका लागि नेकपाले ढकाललाई उम्मेदवार चुनेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *