मेस्सीकाे १०० गोल : बार्सिलोनाले ओलम्पियाकोसलाई हरायो

कात्तिक २, काठमाडाैं । फुटबल स्टार लियोनेल मेस्सीले युरोपियन क्लब प्रतियोगितामा एक सय गोल पुर्‍याएका छन् । च्याम्पियन्स लिग अन्तर्गतको समूह डिको बुधवार राति भएको ओलम्पियाकोससँगको खेलमा मेस्सीले एक सय गोल पुर्‍याएका हुन् ।

मेस्सीले १२२ खेलबाट युरोपेली क्लब प्रतियोगितामा एक सय गोल हानेका हुन् । उनी एक सय गोल गर्ने दोस्रो खेलाडी हुन् । क्रिस्टियानो रोनाल्डोले १४३ खेलबाट सय गोल पुर्‍याएका छन् ।

पहिलो हाफकाे अन्यतिर बार्सिलोनका जेरार्ड पिकेले रातो कार्ड खाएपछि बार्सिलोना दश खेलाडीमा सीमित भएको थियो । खेलको १८ औँ मिनेटमा ओलम्पियाकोसका निकोलाउले गरेको आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

खेलमा लागातार दबाब बनाएको बार्सिलोनाका लागि खेलको ६२ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेका थिए भने बार्सिलोनाका लागि तेस्रो गोल लुकास डिग्नेले गरेका थिए । खेल सकिन केही समय बाँकी रहँदा ओलम्पियाकोसका लागि निकोलाउले गोल गरेका थिए ।

समूह डिमा तीन खेल जित्दै ९ अङ्कका साथ बार्सिलोना शीर्ष स्थानमा रहेको छ । तीन खेलमा एक हार र दुई जित निकाल्दै ६ अङ्कका साथ युभेन्टस दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *