खानेपानी योजना सम्पन्न

पोखरा, १० साउन । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित छोरेपाटनमा रु १२ लाख २२ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवं कास्की निर्वाचन क्षेत्र नं ३ का सभासद् रवीन्द्र अधिकारीमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु १० लाख र बाँकी स्थानीय जनश्रमदान परिचालन गरी सो खानेपानी योजनाको निर्माण सम्पन्न भएको हो ।


पोखरा–२२ पुम्दीभुम्दीस्थित वेदगैराको स्रोतबाट लगभग चार किमी लम्बाइको साढे एक इन्ची प्लास्टिकको पाइप विस्तार गरी ल्याइएको उक्त योजनाबाट विभिन्न टोलमा नौवटा सार्वजनिक धारा जडान गरेर खानेपानी सुविधा पु¥याइएको नमूनाटोल, शीतलपथ तथा अमलेमार्ग खानेपानी उपभोक्ता समितिका सल्लाहकार दानबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रानीवन क्षेत्रमा रु ३५ लाखको लागतमा एक लाख २० हजार लिटर क्षमताको पानीट्यांकी निर्माण गरी छोरेपाटनस्थित सिद्धार्थ राजमार्गको उत्तरी भेगका बासिन्दाको घरघरमा निजी धारा जडान गर्ने योजना रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *