‘१० प्रतिशत निःशुल्क वेडको ब्यवस्था नगर्ने प्राइभेट अस्पतालहरुको अनुसन्धान गरियोस’ नवराज सिलवाल

भाद्र ९, काठमाडौं । प्रतिनिधि सभाका सांसद नवराज सिलवालले स्वास्थ्य क्षेत्रमा भएको ब्यापक ब्यापारीकरणले आम सर्वसाधारण मारमा परेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् ।   

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै नेकपाका सांसद सिलवालले निजी अस्पताल सञ्चालकहरुले ट्याक्सी लगायतलाई प्रभावमा पारेर नाफा कमाउने गरेको आरोप समेत लगाउँदै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।   

संसदमा बोल्दै सिलवालले भने–‘प्राइभेट अस्पतालहरुको नाफा कमाउने जुन अस्वभाविक प्रतिष्पर्धा छ त्यसले सर्वसाधारणमा निराशा फैलाएको छ । प्राइभेट अस्पतालमा विरामी पुर्याउने ट्याक्सी ड्राइभर र एम्बुलेन्सवालाहरुलाई पैसा दिने गरिन्छ ।’ उनले भने ।   

Image result for nabaraj silwal

सिलवालले ट्याक्सीवाला र एम्बुलेन्सवालाहरुले जुन अस्पतालले बढि पैसा अर्थात कमिसन दिने गर्दछन् विरामीलाई त्यहि अस्पतालमा लैजाने गरेको समेत बताए । उनले सरकारी अस्पतालहरुमा प्राइभेट अस्पतालका एजेन्टहरु बसेर विरामीलाई प्रलोभनमा पार्दै प्राइभेट अस्पतालहरुमा लैजाने गरेको समेत बताए । ‘यहाँ आइसियू खाली छैन, फलानोमा लैजानुस समेत भन्ने गरेका छन् ।’ उनले भने ।   

सांसद सिलवालले प्राइभेट अस्पतालहरुले सरकारले तोकेको १० प्रतिशत निःशुल्क वेडको समेत ब्यवस्था कार्यान्वयन नगरेको भन्दै स्वास्थ्य मन्त्रालय मार्फत ध्यानाकर्षण गराए । उनले प्राइभेट अस्पतालहरुले दिइरहेको सेवाहरुमा तुरुन्त नियमन गर्नुपर्ने समेत बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *