मन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्छः कांग्रेस
पुस २०, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समयमा बोल्दै नेपाली कांग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले मन्त्री अधिकारीको राजीनामा माग गरेकी हुन् ।
null
‘वाइडबडी विमान खरिद काण्डमा मुछिएका तथा दोषी देखिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्छ । छानबिन कार्यलाई सहज बनाउन दिनुपर्छ’, उनले भनिन् ।
सांसद आलेले ४ अर्ब ३५ करोड वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन् ।
संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।