प्रधानमन्त्रीले भनेका कुरा आम नागरिकलाई ख्याल ठट्टाः सांसद रिजाल

 

बैशाख २४, काठमाडौं । कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रतिपक्षीले भनेका कुरा प्रधानमन्त्रीले गम्भीर रुपमा नलिने बताएका छन् । 

संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद मिनेन्द्र रिजालले भने, ‘हामीले भनेका कुरा तपाईंलाई गम्भीर लाग्दैन । तपाईंले बोलेका कुरा आम नागरिकलाई ख्याल ठट्टा, मनोविनोद, व्यंग्य विनोद लाग्न थालेको छ । यो व्यवधान अन्त्य कहिले हुन्छ ? क्याम्बोडियाको भ्रमण पछाडि ? कि अझ पर्खनुपर्छ ?’ 

null

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार गरेको ‘मेरो सरकार’ प्रति टिप्पणी गर्दै उनले संविधानको भाग ६ र ७ ले राष्ट्रपतिको मातहत नेपाल सरकार नराखेको स्पष्ट पारे । 

उनले राष्ट्रपतिको सम्बोधनको लिखित दस्तावेजमा सभामुख र राजसभा अध्यक्षलाई माननीय भनिएको छ, तर अडियो र भिडियोमा माननीय छैन । आधिकारिक के हो भन्ने प्रश्न गर्दै जानकारी दिन पनि आग्रह गरे । 

संसदमा सांसद रिजालले प्रेस स्वतन्त्रताका प्रसंगमा पनि प्रश्न उठाए । उनले भने, ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रता भन्छ । सरकार नियमक निकाय बनाउँछु, मर्यादित र व्यवसायी बनाउँछु भन्छ । क्षमा गर्नुहोस् प्रधानमन्त्रीज्यू तपाईं हाम्रो बीचमा सञ्चार व्यवधान भएकै छ’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *