कैलालीमा चितुवाको आक्रमणबाट प्रहरी जवान घाइते
मकालु खबर
२०७५ फागुन २४ गते
फागुन २३, लम्की। चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते भएका हुन् ।
घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट पुर्याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
मकालु खबर
२०७५ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित