तालिबानका ‘गडफादर’ मौलाना समी उल हकको हत्या
पाकिस्तानमा जमियत उलेमा–ए–इस्लामका शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ ।
मौलाना समी उृल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका थिए । उनले हजारौँ तालिबानी लडाकूलाई तालिम पनि दिएका थिए ।
पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसरे आक्रमणकारीहरुले आक्रमण गरेका थिए ।
null
मौलाना समी उल हक ० वर्ष नाघिसकेका थिए । उनी सन् १९८ देखि खारुल उलूम हक्कानियाका अध्यक्ष रहेका थिए । यो मदरसाबाट हजारौँ तालिबानी लडाकूले इस्लामिक शिक्षा हासिुल गरेका थिए ।
सन् १९९० को दशकमा उनको मदरसालाई अफगानी जिहादीको नर्सरी भनिन्थ्यो । राजनीतिक विश्लेषकहरुका अनुसार मौलाना समी उल हक तालिबानका प्रभावशाली नेता थिए ।
मौलाना समी उल हकले मुल्ला उमरलाई आफ्नो उत्कृष्ट छात्रको रुपमा लिएका थिए । उमरलाई उनले ‘स्वर्गबाटै आएका दूत’ रुपमा लिएका थिए । यसै वर्ष पाकिस्तानमा भएको आम चुनावमा मौलाना समी उल हकले सत्तारुढ दल तहरीक–ए–इन्साफ पार्टीको समर्थन गरेका थिए ।
एकदमै प्रभावशाली धर्मगुरु मौलाना समी उल हकको हत्या संवेदनशील समयमा भएको बताइएको छ । इशनिन्दाको आरोपमा जेलमा रहेकी इसाई युवती आसिया बिबीलाई रिहा गरिएपछि पाकिस्तानमा विभिन्न धार्मिक समूहले प्रदर्शन गर्दै आएका छन् । मौलानाका परिवारका अनुसार उनी पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले रोकेपछि उन घर फर्किएका थिए ।
मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकमा एक धार्मिक परिवारमा भएको थियो ।