रत्ननगरका वाल क्लवलाई खेलकुदका सामाग्री

बैशाख २२,रत्ननगर । रत्ननगरका १६ वटा वडा स्तरीय वाल क्लवलाई शनिवार खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । रत्ननगर नगरपालिकाले वालवालिका लक्षित कार्यक्रम अन्तर्गतको बजेटबाट खेलकुदका सामाग्री वितरण गरेको हो । 

वाल क्लवहरुलाई फुटवल, भलिवल, चेस, व्याडमिन्टन, रिङ, लुडो, स्किपिङ लगायतका सामाग्री प्रदान गरिएको हो । आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्यले १६ वटा वाल क्लवका अध्यक्षहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । 

सो अवसरमा मेयर वनले नगर भित्रका वालवालिकाका लागि नगरपालिककाको कार्यालयमै सुचना प्रविधि युक्त वाल पुस्तकालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले आगामी बजेटमा वालवालिकाको अधिकार सुनिश्चित र उनीहरुको आवश्यकता पुरा गर्ने गरी बजेट विनियोजन गर्ने बताए । 

null

कार्यक्रममा नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष केशव आचार्य नगरपालिकाले प्रदान गरेको सामाग्रीको सही सदुपयोग गर्न वालवालिकालाई आग्रह गरे । नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिशा घिमिरेले नगर भित्र वालवालिकालाई खेल्नको लागि मैदानको अभाव रहेको बताइन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *