घरेलु मैदानमा रियल मड्रिडको लजास्पद हार, रोमा पनि पराजित, तर हारेका दुवै टोलि नकआउट चरणमा

एजेन्सी । स्पेनिस क्लब तथा साविकको विजेता रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएको छ । 

बुधबार राति भएको खेलमा रियल घरेलु मैदानमा रुसी क्लब सीएसएसके मस्कोसंग ३ – ० ले स्तब्ध बनेको हो । मस्कोलाई जित दिलाउन फेडोर चालोभ, जर्जि शेनेकोभ र अर्नोर सिगुर्डसनले एक एक गोल गरे । 

 

null

घरेलु टोलीविरुद्ध पहिलो हाफमै मस्कोले दुई गोल गरेको थियो । खेलको ३७ औं मिनेटमा चालोभले गोल गर्दै मस्कोलाई सुरुवाती अग्रता दिलाए । 

खेलको ४३ औं मिनेटमा शेनेकोभले गोल गर्दै मस्कोलाई पहिलो हाफमा २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै रियाललाई ३ – ० को लजास्पद हार चखाए । 

 

योसंगै रियल ९ बर्षपछि घरेलु मैदानमा स्तब्ध हुन पुग्यो । यसअघि सन् २००८/९ को सिजन घरेलु मैदानमा रियल युभेन्ट्ससंग पराजित भएको थियो । 

घरेलु मैदानमा पराजित भएपनि रियल समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । एक खेल अगावै अन्तिम १६ मा पुगेको रियलले ६ खेलबाट १२ अंक जोड्यो । मस्को ७ अंक जोडेर समूहको पुछारमै रह्यो । 

 

यस समूहबाट इटालियन क्लब रोमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुग्यो । बुधबार राति भिक्टोरिया प्लेजेनसंग २ – १ ले पराजित भएपनि रोमाले ९ अंक जोड्यो । प्लेजेन ७ अंक जोडेर तेस्रो भयो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *