मोटरबाट पानी तान्दा करेन्ट लागेर मृत्यु

असोज ६, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको  छ  । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए ।   

मोटरबाट पानी तान्ने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको हो ।   

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *