ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछी कैलाली तनाव ग्रस्त

बैशाख १७, कैलाली । ट्रकको ठक्करबाट कैलालीको लम्कीमा एक १९ वर्षिय किशोरीको मृत्यु भएको छ ।  ट्रकले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका ३ मा सुनिता रावलको मृत्यु भएको हो । 

 

उनलाई ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको मृत्युपछी उनको आफन्तजन र स्थानियबासीले आन्दोलन गरी सडकमा टायर बालेर विरोधमा उत्रेकाे प्रहरीले जानकारी दिएका छन् । 

null

आन्दोलनकारीहरुले सडकमा विरोध प्रर्दशन गरी पूर्वपश्चिम राजमार्गका सवारीका साधन चल्न समेत दिएका छैनन् । उनीहरुको माग दोषीलाई कारवाही हुनुपर्ने र मृतकको परिवारले उचित क्षतिपूर्ती पाउँनु पर्ने रहेको छ । 

उनीहरुको माग पुरा नभए सम्म मृतकको आफन्त र स्थानियबासीले शव नउठाउँने चेतावनी दिएका छन् । अहिले त्यहाँको स्थिती तनावग्रस्त भएको प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *