विप्लव समूहका मकवानपुर इञ्चार्ज पक्राउ

२०७५ चैत २९ गते

हेटौंडा, २९ चैत । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।
सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।
null
यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।

२०७५ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित