खुर्पाको प्रयोग गरी श्रीमतीको हत्या गर्ने पक्राउ

बैशाख १०, काठमाडौँ । श्रीमतीलाई धारिलो हतियार प्रहारगरी हत्या गर्ने एकलाई प्रहरीले पक्राउ परेको छ । 

ललितपुरको गोदावारी– ४२, गोदामचौरमा धारिलो घरेलु हतियार खुर्पाको प्रयोग गरी श्रीमतीको हत्या गर्ने सिन्धुलीका जयबहादुर वाइवालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । 

मानसिक सन्तुलन गुमाएका वाईवाले ४१ वर्षीय श्रीमती सुनमाया अधिकारीको घरेलु हतियार खुर्पा प्रयाेग गरी हत्या गरेका थिए । पक्राउ परेका वाइवामाथी थप अनुसन्धान र परीक्षण भइरहेको महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले जानकारी दिएका छन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *