नेपाली क्रिकेट टिम आज स्वदेश फर्कदै

काठमाडौं – मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ को विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज शनिबार स्वदेश फर्कदै छन् । 

नेपाली टोली अपरान्ह १२:१५ मा नेपाल आईपुग्ने छन् ।  छनोट अन्तर्गत शुक्रबार सिंगापुरविरुद्धको खेल रद्द भएपछि नेपाल विजेता बनेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक पाएका छन् । 

नेपाल र सिंगापुरले एक एक अंक पाएसंगै छनोटमा दुवैले ६ खेलबाट समान ११/११ अंक जोड्न सफल भए। तर, नेट रन रेटका आधारमा नेपाल अघि रहदै विजेता बनेको हो। 

null

उपाधिसंगै नेपाल विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसंगै उपविजेता सिंगापुर  र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ । 

एसिया छनोटमा ७ टोली खेल्नेछन् । युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । 

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।  अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *