साझेदारीमा चितवनको राप्तीमा पशु आहार उद्योग निर्माण हुँदै

 

वैशाख १, चितवन । सरकार र दुग्ध उत्पादक सहकारीको साझेदारीमा चितवनको राप्ती नगरपालिका ४ भवानीपुरमा पशु आहार उद्योग निर्माण गर्न लागिएको छ । प्रदेश ३ सरकार, राप्ती नगरपालिका र राप्ती नगरपालिका भित्र रहेका दुग्ध उत्पादक सहकारी संस्थाको साझेदारीमा पशु आहार उद्योग निर्माण गर्न लागिएको हो । 

उद्योग भवनको आईतवार प्रदेश ३ सरकारका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । कुल १ करोड ९० लाखको लागतमा उद्योग स्थापना गर्न लागिएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले जानकारी दिए । 

null

उद्योगका लागि प्रदेश सरकारले ९० लाख,राप्ती नगरपालिकाले ३६ लाख र ६४ लाख २८ हजार रुपैया नगरभित्रका दुग्ध उत्पादक सहकारी संस्थाको लगानी रहने थपलियाले बताए । राप्तीमा भण्डारा दुग्ध उत्पादक सहकारी संस्था, शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्था,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था, जनमुखी वहुउदेश्यीय दुग्ध उत्पादक सहकारी संस्था, नवउद्यमी दुग्ध उत्पादक सहकारी संस्था,भगवती दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् । 

शिलान्यास समारोहलाई सम्वोधन गर्दै सहकारी मन्त्री लामाले किसानले उत्पादन गरेका दुध अव सडकमा फाल्न नपर्ने बताए । मन्त्री लामाले समृद्धीको मार्ग फरक ढंगले अघि वढेको उल्लेख गर्दै समृद्धीकै लागि पशु आहा उद्योग,करोडौको लगानीमा पुल निर्माण लगायतका कामको सुरुवात भएको उनको भनाई थियो । मन्त्री लामाले प्रदेश सरकारले प्रदेश स्तरीय कृषि,पशुपंक्षी ,माछाको तालिम केन्द्र समेत राप्ती नगरपालिकामा निर्माण गर्न लागेको जानकारी दिए । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलियाले जनप्रतिनिधीहरु इमानदार र जिम्मेवार भएर काम गरे विकासको गति तीव्र हुने बताए । 

राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले उद्योग स्थापनापछि किसानले उत्पादन गरेका दुधले उचित मुल्य नपाउने, गुणस्तरहिन दाना प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् । राप्तीमै डेरी उद्योग समेत संचालनको तयारी रहेको मेयर वरालले बताईन् । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य वालकृष्ण उप्रेतीले किसानको आम्दानी वृद्धीका लागि दुग्ध सहकारीहरुले डेरी उद्योग संचालन गर्नु पर्ने धारणा राखे । 

संघका केन्द्रिय सदस्य उप्रेतीका अनुसार गुणस्तरहिन दानाका कारण पशुमा वाँझोपनको समस्या रहदै आएको छ । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाको अध्यक्षतामा भएको शिलान्यास समारोहमा राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, जनमुखी वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण वहादुर थापा,नवउद्यमी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामचन्द्र पाठक, भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष डालवहादुर श्रेष्ठ लगायतले मन्तव्य राख्दै दाना उद्योग स्थापनापछि रोजगारीको सृजना हुनुका साथै दुध उत्पादनमा वृद्धी हुने बताए । राप्ती नगरपालिका भित्र दैनिक ३० हजार लिटर दुध उत्पादन हुदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *